Duke of Edinburgh क्लब द्वारा महिला कर्मचारी तथा शिक्षिका सम्मानित

Mar 6th, 2023

बुटवल, न्यू होराइजन मा वि बुटवल ११ देवीनगरमा क्रियाशिल क्लवहरु मध्ये Duke of Edinburgh क्लवले ११३ औं नारी दिवसको पूर्व सन्ध्यामा त्यहाँ कार्यरत महिला कर्मचारी तथा शिक्षिकाहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा फाल्गुण २१ गते विद्यायल प्राङ्गणमा सो सम्मान कार्यक्रम सम्पन्न भएकको हो । विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले महिलाहरु आज पनि शोषणमा पर्नुपरेको र हक अधिकारका लागि शिक्षा सहित पुरुषहरुसहित सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरा व्यक्त गर्नु भएको थियो । सो अवसरमा क्लवकि संयोजक सृजना ताम्राकारले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । क्लवका अध्यक्ष अदिति ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरु स्वीकृती घर्ती र ग्रीसा घमालले नारी स्वतन्त्रताका विषयमा तर्कहरु प्रस्तुत गरेका थिए भने संस्कृति भण्डारीले छोरी शीर्षकमा कविता वाचन गरेकी थिइन ।
कार्यक्रममा संस्थाका प्राचार्य लोकनाथ उपाध्याय, उप प्राचार्यहरु वालकृष्ण भण्डारी र वासुदेव अर्यालले टीका, खादा तथा मायाको चिनो सहित महिला कर्मचारी र शिक्षिकाहरुलाई सम्मान गर्नुभएको थियो ।
Go Back