न्यू होराइजनमा जिल्ला स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न

Feb 22nd, 2024

न्यू हाेराइजन मा. वि., बुटवलद्वारा आयाेजित न्यू हाेराइजन जिल्ला स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता २०८० सम्पन्न भएकाे छ । उक्त कार्यक्रम २०८० साल फागुन ५ गतेदेखि ७ गतेसम्म तीन दिन सञ्चालन भएकाे थियाे । साे प्रतियोगितामा रुपन्देही जिल्लाका १७ ओटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । रुपन्देहीका विद्यालयहरू बिच आपसी सम्बन्ध अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराई उनीहरूकाे व्यक्तित्व विकास गराउने उद्देश्यले याे प्रतियोगिता आयाेजन गरिएकाे हाे । चेस प्रतियोगिताकाे समापन कार्यक्रम बुटवल उप-महानगरपालिका खेलकुद नगर समिति बाेनिन पियाकाे प्रमुख आतिथ्य, न्यू हाेराइजन मा. वि.का संस्थापक तथा प्राचार्य लाेकनाथ उपाध्यायकाे अध्यक्षता र विद्यालयका चेस प्रशिक्षक शिखर रेग्मीकाे संयोजकत्वमा समापन भयाे ।
न्यू हाेराइजन जिल्ला स्तरीय चेस प्रतियोगिता २०८० काे उपाधि दीप बाेर्डिङ्ग हाइ स्कुल, बुटवलले प्राप्त गरेकाे छ भने द्वितीय र तृतीय स्थान क्रमशः शान्ति नमुना मा. वि. र आयाेजक न्यू हाेराइज मा. वि. बुटवलले प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय तथा विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
Go Back