न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु

Mar 6th, 2023

आजदेखि बुटवलमा प्रथम न्यु होराइजन कप जिल्ला स्तरीय अन्तरबिद्यालय छात्रा भलिवल प्रतियोगिता शुरु भएको छ । बुटवल ११ देबीनगरमा रहेको न्यु होराइजन मा बि मा न्यु होराईजन स्पोर्ट क्लवको आयोजना तथा रोटरी ई कल्व अफ मेडिकोफ्युजन हाईब्रिड नेपालको सह आयोजनामा प्रतियोगिता शुरु भएको हो । फागु पूर्णिमा तथा तथा अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै रोटरी ई कल्व अफ मेडिकोफ्युजन हाईब्रिड नेपाल क्लवका अध्यक्ष डा प्रकाश बस्नेतले खेल मानव जिवनका लागि महत्वपूर्ण रहने बताउनुभयो ।  सो अबसरमा क्लवका संरक्षक तथा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्याय, उपप्रचार्य बालकृष्ण भण्डारी ,न्यु होराईजन स्पोर्ट क्लवका कोषाध्यक्ष लिला खनाल,सचिव  प्रकाश गौतम, शिक्षक कपिल आचार्य लगायतले बोल्नुभएको थियो । सो अवसरमा कोषाध्यक्ष लिला खनालले ले प्रतियोगितामा आर्थिक सहयोग गर्ने खेलप्रेमीहरुका बारेमा चर्चा का साथ कृतज्ञता प्रकट गर्दै धन्यवाद दिनुभयो । आज पहिलो दिन जम्मा चारखेल भएका छन् । उद्घाटन खेलमा कालिका मानव ज्ञानले न्यु ईन्भारन्टमेन्टलाई जित्दै अघिल्लो चरणमा गएको छ, भने दोश्रोखेलमा शान्ति नमुना माबिलाई सेन्ट जोशेफ भलबारीले पछाडी पारेको हो । त्यस्तै नवज्योति र बुद्धपब्लिक , एसियन लाईट ई.बो. र सगरमाथा ई.बो. बिच खेल भएको क्लवका उपाध्यक्ष तथा खेल संयोजक चेतन ठकुरीले बताउनुभयो । प्रतियोगितामा जिल्लाका १२ टिम सहभागि छन् । ३ दिनसम्म चल्ने सो प्रतियोगितामा उत्कृष्ट हुने टीमलाइ क्रमश ३० हजार,२० हजार ,१५ हजार र ८ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ  । भोलि विशेषमा दोस्रो चरणका चार खेलसंगै होलि विशेष कार्यक्रम र घैंटो फोड कार्यक्रम समेत हुने आयोजक न्यू होराईजन स्पोर्टस क्लबले जानकारी दिएको छ ।
Go Back