न्यू हाेराइजनमा ट्राफिक नियम सचेतना कार्यक्रम सम्पन्न !

Sep 6th, 2026

बुटवल, भाद्र २१, २०८३, न्यू हाेराइजन मा.विमा क्रियाशील सामाजिक तथा सांस्कृतिक क्लब, न्यू हाेराइजन युथ रेडक्रस र न्यू हाेराइजन स्काउट क्लबको संयुक्त आयोजनामा कक्षा ८,९ र १० मा अध्ययनरत क्लवका कार्यसमिति पदाधिकारी र अन्य विद्यार्थी गरी करिब १५० जना विद्यार्थीहरूलाई ट्राफिक नियम सचेतना सम्बन्धी ज्ञान प्रदान गरिएको छ।
विद्यार्थीहरूलाई ट्राफिक नियमबारे गहन ज्ञान प्रदान गर्ने र सडक तथा सवारी साधन प्रयोगमा जिम्मेवार बनाउँदै जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
न्यू हाेराइजन मा. वि.का प्राचार्य वासुदेव अर्यालको अध्यक्षता, ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक विराज शर्मा पौडेलको प्रमुख आतिथ्य एवंम सहजीकरण, उप-प्राचार्य राजीव श्रेष्ठको विशेष आतिथ्य,सहायक प्रहरी निरीक्षक पदम बुढा मगर,अतिरिक्त क्रियाकलाप प्रमुख बालकृष्ण बस्याल, कक्षा १० का संयोजक प्रकाश गौतम,Discipline Counselor जीवलाल ज्ञवाली, Sport's Counselor मिलन राना, स्काउट क्लब संयोजक खुमाकान्त अधिकारी, न्यू हाेराइजन रेडक्रस सर्कल संयोजक सरस्वती गौतम, सामाजिक तथा सांस्कृतिक क्लब संयोजक कल्पना पाण्डे, ICT Club संयोजक प्रदिप गुप्ता, हाजिरीजवाफ संयोजक पशुपति अर्यालको उपस्थिति रहेको उक्त कार्यक्रम क्लबका सचिव आर्सना पराजुली र जीविका ढकालको सञ्चालनमा सम्पन्न गरियो ।
Go Back