दशैँ, तिहार तथा छठ पर्व बिदाको गृहकार्य सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
मिति २०८३ असोज ३० गतेदेखि कार्तिक २९ गतेसम्म दशैँ, तिहार तथा छठ पर्वको बिदा दिइएको जानकारी गराउँदछौँ । उक्त बिदाको अवधिका लागि गृहकार्यहरू विद्यालयको एप्लिकेसन मार्फत पठाइएको छ । उक्त गृहकार्य हेर्नका लागि एप्लिकेसन खोली, Menu option मा गई Assignments मा थिच्नुहोस् ।
नोट : उक्त गृहकार्यहरूको मूल्याङ्कन दोस्रो मूल्याङ्कन तथा अर्धवार्षिक परीक्षाको प्रयोगात्मक (Practical) अङ्कमा समावेश गरिनेछ । त्यसैले, सम्पूर्ण नानीबाबुहरूले आफ्नो गृहकार्य सफा, शुद्ध र राम्रो अक्षरमा पूरा गरी समयमै बुझाउनु हुन सूचित गरिन्छ ।
धन्यवाद ।
प्राचार्य
सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
मिति २०८३ असोज २९ गते बिहिबार कक्षा ८ देखि १० सम्मका परीक्षा बिहान १०ः३० बजेदेखि सुरु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै समयमै उपस्थित हुनुहुन सूचित गरिन्छ ।
धन्यवाद ।
प्राचार्य ।
ALUMNI INVITATION
Dear all alumni of this school are requested to join the program. 😀
Attachment:
सूचना !
आदरणीय अभिभावकज्यू,
यस न्यू होराइजन मा. वि. को परीक्षा अवधिभर कक्षा प्रि–नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुका लागि दिउँसो १२ः३० बजे स्कुल देखि बस छुट्ने र पैदल विद्यार्थीहरुका लागि दिउँसो १२ः४५ बजे गेट खुल्ने जानकारी गराउँदछौ ।
प्राचार्य
बिहिबार बिहानैदेखि लेखा शाखा खुल्ला हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू,
मिति २०८३ असोज २२ गते बिहिबार, न्यू होराइजन मा. वि., देवीनगरको लेखा शाखा बिहान ६ः०० बजेदेखि तथा कालिकानगरको लेखा शाखा बिहान ८ः०० बजेदेखि खुल्ला हुने व्यहोरा सम्पूर्ण अभिभावकज्यूहरूमा जानकारी गराउँदछौं ।
धन्यवाद ।
प्राचार्य
दोस्रो मूल्याङ्कन तथा त्रैमासिक परीक्षाको तयारी बिदा सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरु,
यस न्यू होराइजन मा. विद्यालयको कक्षा प्रि–नसरीदेखि ५ सम्मको दोस्रो मूल्याङ्कन (Second Assessment), कक्षा ६ देखि १० सम्मको अर्धवार्षिक परीक्षा तथा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षा मिति २०८३ असोज २२ गतेदेखि सञ्चालन हुन गइरहेको व्यहोरा जानकारी गराउँदै, मिति २०८३ असोज २१ गते बुधबार कक्षा प्रि–नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरूलाई परीक्षाको तयारीका लागि बिदा दिइएको जानकारी गराउँदछौँ ।
विद्यार्थीहरूको शुल्क भुक्तानीका लागि असोज २१ गते न्यू होराइजन मा. वि. देविनगरको लेखा शाखा बिहान ७ः०० बजेदेखि दिउँसो ४ः०० बजे सम्म र कालिकानगरको लेखा शाखा बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म खुल्ला रहने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।
पुनश्चः विद्यार्थीहरूको शुल्क अनलाइन माध्यमबाट पनि भुक्तानी गर्न सकिने व्यहोरा समेत अनुरोधपूर्वक जानकारी गराउँदछौं ।
धन्यवाद ।
प्राचार्य
आइतबार सम्पूर्ण कक्षाहरू सञ्चालन हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
मिति २०८३ असाेज १८ गते आइतबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् समयमा सञ्चालन हुने व्यहाेरा सम्पूर्णमा सूचित गरिन्छ ।
धन्यवाद ।
प्राचार्य
दोस्रो मूल्याङ्कन तथा त्रैमासिक परीक्षा सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
यस विद्यालयमा सञ्चालन हुने कक्षा प्रि–नर्सरीदेखि ५ सम्मको दोस्रो मूल्याङ्कन (Second Assessment) , कक्षा ६ देखि १० सम्मको अर्धवार्षिक परीक्षा तथा कक्षा ११ र१२ को प्रथम त्रैमासिक परीक्षा मिति २०८३ असोज २२ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ ।
नोटः उक्त मूल्याङ्कन र त्रैमासिक परीक्षाको समय तालिका विद्यालयको एप्लिकेसनमा प्रकाशित गरिएको छ ।
धन्यवाद ।
प्राचार्य
सोमबारदेखि सम्पूर्ण कक्षाहरू सञ्चालन हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू
भारी अविरल वर्षाका कारण मिति २०८३ असाेज ११ गते आइतबार सम्पूर्ण कक्षाहरूका पठनपाठन कार्य नहुने व्यहाेरा सम्पूर्णमा जानकारी गराउँदछाै ।
नाेट: असाेज १२ गते साेमबारदेखि सम्पूर्ण कक्षाहरू यथावत् समयमा सञ्चालन हुने व्यहाेरा सम्पूर्णमा जानकारी गराउँदछाैं ।
धन्यवाद ।
प्राचार्य
अत्यन्त जरुरी सूचना ।
आदरणीय अभिभावकज्यू तथा प्यारा नानीबाबुहरू,
सम्भावित अविरल वर्षाका कारण बाढी तथा डुबानको जोखिमलाई ध्यानमा राखी बुटवल उपमहानगरपालिकाको निर्णयअनुसार यस विद्यालयमा प्रि–नर्सरीदेखि कक्षा १२ सम्म २०८३ असोज ८ गते दिवा सत्रका कक्षाहरू र असोज ९ गते बिहानी तथा दिवा दुवै सत्रका कक्षाहरू बन्द रहने जानकारी गराइन्छ। यस अवधिमा बालबालिकालाई सुरक्षित राख्न, खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र आवश्यक सतर्कता अपनाउन सम्पूर्ण अभिभावकज्यूहरूमा अनुरोध गर्दछौँ।
धन्यवाद ।
प्राचार्य
Attachment:
मौसम सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यूहरू,
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले मिति २०८३ असोज ८ गते देखि असोज ११ गतेसम्म मौसममा बदली भई भारी वर्षा हुने पूर्वानुमान गरी सतर्कता अपनाउन अपिल गरेको सन्दर्भमा उक्त दिनहरुमा मौसमको अवस्था हेरी आफ्ना नानीबाबुहरुलाई बिहान विद्यालय पठाउँदा तथा दिउँसो घर आउँदा विशेष निगरानी गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्राचार्य
असोज महिनाको आइतबार कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।
यस विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकज्यूहरू,
देशको वर्तमान अवस्था तथा विभिन्न कारणले धेरै दिन बिदाहरू परेको, दशैँ तिहारको लामो बिदा पर्ने तथा त्रैमामिक परीक्षा पनि नजिकिँदै आएको कारण निर्धारित शैक्षिक कार्यतालिकाअनुसार पठनपाठन कार्य पूरा गर्न कठिनाइ हुने देखिएको हुँदा असोज महिनाको ४, ११, र १८ गतेका आइतबारहरूमा नियमित कक्षाहरू सञ्चालन गर्ने निर्णय भएको हुँदा सोही अनुसार हामीले हाम्रो विद्यालयमा पनि उक्त दिनहरूमा नियमित रुपमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्राचार्य
भाद्र २७ गते शनिबार कक्षा सञ्चालन हुने सूचना !
शिक्षक–कर्मचारीहरु, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरु,
विद्यालयको शैक्षिक कार्यतालिका अनुसार नियमित कक्षाहरू मिति २०८३ भाद्र २७ गते शनिबार सञ्चालन हुने छ, साथै, हिन्दु महिलाहरूको विशेष पर्व हरितालिका (तीज) को अवसरमा विद्यालयमा मिति २०८३ भाद्र २८ गतेदेखि भाद्र ३१ गतेसम्म विदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
मिति २०८३ असोज १ गते बिहीबारदेखि विद्यालय यथावत् रुपमा सञ्चालन हुनेछ ।
धन्यवाद !
प्राचार्य
आइतबार र सोमबार कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।
आदरणीय अभिभावकज्यूहरू, शिक्षक तथा कर्मचारीज्यूहरू एवं विद्यार्थी नानीबाबुहरू,
मिति २०८३ भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उक्त दिन बिदा रहने जानकारी गराउँदछौं ।
नेपाल सरकारको सूचना अनुसार मिति २०८३ भाद्र २३ गते जेनजी शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको हुँदा भाद्र २१ गते आइतबार र २२ गते सोमबार सम्पूर्ण कक्षाहरू यथावत् समयमा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ ।
धन्यवाद ।
प्राचार्य