Notifications

सूचना ।

आदरणीय अभिभावकज्यू, यस न्यू होराइजन मा. वि., कालिकानगरको दक्षिण तर्फ रहेको प्रमुख गेटमा अध्याधिक सवारीसधानहरुको चाप तथा दुर्घटनालाई मध्यनजर गर्दै पैदल वा निजी सवारीसधान प्रयोग गरि बालबालिकाहरुलाई विद्यालयसम्म पुर्याउन/लिन आउनुहुने अभिभावकज्यूहरूले यस विद्यालयको पूर्व वा पश्चिम गेट प्रयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । धन्यवाद । प्राचार्य

सेमी–होस्टेल कक्षा सञ्चालन सम्बन्धित सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०८१ वैशाख १३ गते बिहिबार बिहान ७ः०० बजेदेखि सेमी–होस्टेलका कक्षाहरू सञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौँ । नोट: भोलि एक दिनका लागि मात्र अभिभावकज्यूले सेमी–होस्टेलका विद्यार्थीहरूलाई न्यू होराइजन मा. वि., कालिकानगर भवनमा ल्याइदिनु हुन अनुरोध गर्दछु । धन्यवाद । प्राचार्य

Notice for Grade 5 to 10

This is to be notified to all the students that there will be football training from tomorrow that is from 13 Baishakha 2081 at Dingarnagar football ground. So, all the interested students of grade 5 to 10 both boys and girls are suggested to join the training. Note : All local students are suggested to assemble at 4:45 am (Morning) at Kalikanagar school and other students who are near to ground should reach at 5:00 am For more information Contact to Mr.Suraj Thapa (Football coach) =9857034824 Thank you ECA Coordinator

मंगलबार कक्षा ११ काे पठनपाठन कार्य हुने सम्बन्धी सूचना ।

मिति २०८१ वैशाख ११ गते सार्वजनिक विदा भएता पनि कक्षा ११ काे बाेर्ड परीक्षालाई मध्ये नजर गर्दै उक्त दिन कक्षा ११ विज्ञान र व्यवस्थापन संकायका पठनपाठन कार्य यथावत् सञ्चालन हुने सम्बन्धित सबैमा जानकारी गराउँदछाैं । धन्यवाद । प्राचार्य ।

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, नेपाल सरकारको निर्णय बमोजिम मिति २०८१ वैशाख ११ गतेको दिन यस न्यू होराइजन मा. वि. का कक्षा प्रि-नर्सरीदेखि १० सम्मका पठनपाठन कार्य नहुने व्यहोरा सम्बन्धित सबैमा यसै सूचनाद्वारा सूचित गरिन्छ । नाेट: कक्षा ११ दुवै विज्ञान र व्यवस्थापन संकायका कक्षाहरू यथावत् रूपमा सञ्चालन हुने जानकारी गराउँदछाैं । धन्यवाद । प्राचार्य

शैक्षिकसत्र २०८१ को प्रारम्भ सम्बन्धी सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मिति २०८१ वैशाख ५ गते बुधबार राम नवमीको सु–अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै उक्त दिन विद्यालय विदा रहेको जानकारी गराउँदछौं । नयाँ शैक्षिकसत्र २०८१ को कक्षा प्रि–नर्सरीदेखी १० सम्मको कक्षा प्रारम्भ मिति २०८१ वैशाख ६ गते बिहीबारदेखि सञ्चालन हुने सम्पूर्णमा सूचित गरिन्छ । नोटः विद्यार्थीहरूको भर्ना कार्यक्रमका लागि भोलि विद्यालय प्रशासन खुला रहने छ । धन्यवाद । प्राचार्य

साहित्यप्रेमी विद्यार्थीहरूका लागि सुवर्ण अवसर !

साहित्यप्रेमी विद्यार्थीहरूका लागि सुवर्ण अवसर ! आगामी मिति २०८१ साल वैशाख ६ गते बिहीबार साँझ ६ बजे QFX सिनेमा, भाटभटेनीमा नेपाली चर्चित कवि उपेन्द्र सुब्बा सहित मिरुना मगर, प्रविन खतिवडा, मेनुका प्रधान लगायतका साहित्यकारहरूकाे उपस्थितिमा कविता कन्सर्ट हुन लागेको जानकारी गराउँदै साहित्यमा अभिरुचि भएका विद्यार्थी भाइबहिनीहरूलाई उपस्थित भई लाभ लिनुहुन सूचित गरिन्छ । नाेट : प्रवेश निशुल्क हुने छ । न्यू हाेराइजन साहित्य विभाग

Entrance Result 2081

Entrance Result 2081 has been flashed out. You can see your name from this grade wise list. Thank you.

नव वर्ष २०८१ सालकाे मङ्गलमय शुभकामना ।

नव वर्ष २०८१ सालकाे मङ्गलमय शुभकामना ।

वाषिर्क परीक्षाकाे नतिजा चैत्र ३० गते शुक्रबार हुने सूचना ।

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरू, मुस्लिम धर्माबलम्बीहरुको महान चाड ईद उल फित्र (ईद) को अवसरमा नेपाल सरकारले मिति २०८० चैत्र २९ गतेका दिन सार्वजनिक विदा घोषणा गरेको हुँदा र बुटवल उपमहानगरपालिकाकाे सूचना अनुसार वार्षिक परीक्षाकाे नतिजा प्रकाशन लगायतका सम्पूर्ण कार्यक्रमहरू अनिवार्य रूपमा स्थगन गरि मिति २०८० चैत्र ३० शुक्रबारका दिन गर्नु भनी सूचना जारी गरे अनुसार यस न्यू हाेराइजन मा. वि. काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम मिति २०८० चैत्र ३० शुक्रबार बिहान ७:३० बजे देखि बिहान ९:३० बजे भित्र न्यू हाेराइजन मा. विद्यालय, कालिकानगरमा प्रकाशित हुने जानकारी गराउदँछाै । धन्यवाद । प्राचार्य

कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धी सूचना।

बुटवल उपमहानगरपालिका, बुटवल अन्तर्गत शिक्षा शाखाबाट प्रकाशन हुने आधारभूत तहको कक्षा ८ को नतिजा प्रकाशन यस न्यू होराइजन मा. वि. ले निर्धारित गरेको समय भन्दा केही ढिलो प्रकाशन गर्ने भएको हुँदा, समस्त कक्षा ८ का अभिभावकज्यू तथा विद्यार्थी भाइबहिनीहरूलाई मिति २०८० चैत्र २९ गते बिहान ११ः०० यस न्यू होराइजन मा. वि. दुबै (कालिकानगर र देवीनगर) को सूचना बोर्डमा प्रकाशित नतिजा प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ । नोटः १) कक्षा ८ को पुरस्कार वितरण गर्ने कार्यक्रम पछि हुने जानकारी गराउदछौं । २) कक्षा प्रि–नर्सरीदेखि ७ र ९ को नतिजा तथा पुरस्कार वितरण गर्ने कार्यक्रम पूर्वनिर्धारित समयमा नै हुने छ । धन्यवाद । प्राचार्य ।

सूचना !

यस विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई मिति २०८० चैत्र २९ गते बिहीबार ईद उल फित्रको सार्वजनिक विदा परेको र ३० गते अन्तिम शुक्रबार स्थानिय विदा दिइएको सूचित गराउँदै मिति २०८१ बैशाख २ गते आईतबारदेखि नियमित समयमा पठनपाठन हुने व्यहोरा जानकारी गराइन्छ । साथै कक्षा प्रि नर्सरीदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षाफल प्रकाशन भोलि मिति २०८० चैत्र २९ गते नै पूर्वनिर्धारीत समय बिहान ७ बजे हुनेछ । नव वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । धन्यवाद ! प्राचार्य

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना । 

आदरणीय अभिभावकज्यू तथा विद्यार्थी भाइ बहिनीहरू,  यस न्यू होराइजन मा. वि. को कक्षा प्रि–नर्सरीदेखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन मिति २०८०  चैत्र २९ गते बिहीबार बिहान ७ः३० बजे देखि बिहान ९:३० बजे भित्र न्यू होराइजन मा. विद्यालय कालिकानगरमा प्रकाशित हुने सम्पूर्णमा  सूचित गरिन्छ ।  नोटः पुराना विद्यार्थीहरूको नवीकरण चैत्र २९ गते देखि नै  हुने जानकारी गराउँदछौं ।  धन्यवाद ।  प्राचार्य

हार्दिक बधाई तथा शुभकामना !

हार्दिक बधाई तथा शुभकामना !

हार्दिक निमन्त्रणा !

यस न्यू होराइजन मा.वि., बुटवल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १२ को अन्तिम परीक्षा एस. एल.सी.मा सम्मिलित हुनु हुने दाइ दिदीहरूको समुज्ज्वल भविष्यका निम्ति शुभकामना तथा बिदाइ कार्यक्रम निम्न मिति, समय र स्थानमा हुन गइरहेको हुँदा कक्षा १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । कार्यक्रम विवरणः मिति ः २०८० चैत्र २३ गते शुक्रबार समय ः बिहान ८:३० बजे स्थान ः ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रूपन्देही । नोटः यातायत सेवा लिनुहुने कक्षा १२ का विद्यार्थी भाइबहिनीहरुले आफ्नाे बस चालक वा बस इन्चार्ज चेतन ठकुरी (९८४७०२५२१९)सँग सम्पर्क गर्नुहुन अनुरोध छ । प्राचार्य